०७ असार २०८३, आइतबार

ब्राउन सुगरसहित पक्राउ

ब्राउन सुगरसहित पक्राउ

    झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट सशस्त्र प्रहरीको टोलीले करीव १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका ४ बस्ने १९ वर्षिय बिवेक नेम्वाङ्ग छन् । 

 उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट मेचीपुलबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो  ।    
    पक्राउ परेका निज नम्वाङ्गलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

salt training

कमेन्ट गर्नुहोस्