
नेपाल मै पहिलो सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्ने कम्पनी जस्मिन हाइजिन प्रोडक्टले शिल्ड मास्क बजारमा ल्याएको छ । सो मास्क कोभिडबाट बच्न सुरक्षित रहेको कम्पनीले बताएको छ ।
मास्क नेपालको एक मात्र UV sterilized मास्क भएकाले यो आफैमा शतप्रतिशत किटाणु तथा भाइरस रहित हुनुका साथै यसमा भएको ३ तहको मेल्टब्लोन फिल्टरले किटाणु तथा भाइरसलाई बाहिर सक्ने जनाइएको छ ।
मास्क भारतीय सर्जिकल मास्क standard 16289:2014 बाट प्रमाणित भएकोले यसको प्रयोग शतप्रतिशत सुरक्षित रहेको कुरा कम्पनीका प्रबन्ध निर्देशक पुनित शारदाले बताए ।