
आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षी नगरपालिकामा बिहीवार बिहान १ जनाको मृत्यु भएको छ ।
शिवसताक्षी–१ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे१०प ३५६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीवार बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।