
संसारको सबभन्दा विशाल कन्टेनर शिपमध्ये एक एभर गिभन जहाज स्वेज नहरमा ट्राफिक जाममा फसेकोमा हलुका हटेको छ ।
उक्त जहाज फसेपछि जहाजहरूको आवागमन रोकिएको थियो । जामका कारण महत्त्वपूर्ण व्यापार क्षेत्रमा समस्या आएको थियो ।
दुई लाख २० हजार टनको ४०० मिटर लामो एभर गिभन ताइवानमा रहेको कम्पनी एभरग्रीनले सञ्चालन गरिरहेको थियो । त्यो मंगलवार नहरको दक्षिणी किनारामा अड्किएको थियो । स्वेज नहर प्राधिकरणले बेस्सरी हावा र धूले आँधी चलेकाले जहाजलाई हटाउन सकेको थिएन ।
जहाजहलाई हटाउनका लागि आठवटा टगबोटहरूले काम गरिरहेका थिए जसले गर्दा एसिया र युरोपबीचको महत्त्वपूर्ण मार्ग अवरुद्ध भएको थियो ।
दुबईमा रहेको मरिन सर्भिसेन कम्पनी जीएसीले एभर गिभनलाई अलिकति हटाइएको र नहरको किनारमा लगिएको जनायो ।
‘जहाजलाई अर्को पोजिसनका लगिएपछि कन्भोय र ट्राफिक सुचारु हुने अपेक्षा छ,’ जीएसीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
कुल १९३.३ किलोमिटर लामो स्वेज नहरले भूमध्यसागरलाई रातो सागरसँग जोड्छ । युरोप र एसियाको यो महत्त्वपूर्ण जलमार्ग हो ।