२२ जेठ २०८३, शुक्रबार

मान्छेको दिमागमा झूटा सम्झना राख्न र मेटाउन वैज्ञानिकहरू सफल

बैशाख २६, २०७८
मान्छेको दिमागमा झूटा सम्झना राख्न र मेटाउन वैज्ञानिकहरू सफल

जर्मनीमा वैज्ञानिकहरूको एक टोलीले मानिसको मस्तिष्कमा झूटा सम्झना राख्न र पछि हटाउन गरेको परीक्षणले सफलता प्राप्त गरेको छ । 

यसले न्याय प्रणालीमा गम्भीर परिणाम ल्याउने बताइएको छ । 
 

हागन विश्वविद्यालय, लाइब्निज इन्स्टिच्युट फ्युर विसेन्समेडिएन, योहानेस गुटनबर्ग युनिभर्सिटाट माइन्ज र पोर्ट्समाउथ विश्वविद्यालयका टोलीहरूले स्वयंसेवीहरूमा स्मरणका विभिन्न परीक्षण गरेका थिए । 

मनोवैज्ञानिक तरिका अपनाएर मानिसको दिमागमा झूटा सम्झना राखिदिन सकिन्छ कि सकिँदैन भन्ने कुरा उनीहरूले पुष्टि गर्न चाहेका थिए । लगातार एउटै कुरा दोहोर्‍याइरहँदा झूटो सम्झना बन्ने रहेछ । अनि यस्ता सम्झनाहरू मेट्न सकिने विषय पनि पत्ता लगाएका छन् । 

यस परीक्षणमा अनुसन्धाताहरूले ५२ जना स्वयंसेवीहरूको बाल्यकालबाट काल्पनिक तर विश्वसनीय कथा झिकेर तिनलाई वास्तविक घटनासँग मिसाएका थिए । 

त्यसपछि अनुसन्धाताहरूले यी झूटा सम्झनालाई सहभागीको दिमागमा राखेका थिए र त्यसमा उनीहरूका आमाबुवाले पनि सघाएका थिए । 

विभिन्न सेसनहरूमा यो प्रक्रिया दोहोर्‍याइएको थियो जसले गर्दा सहभागीहरू काल्पनिक कुरा पनि सत्य भएकोमा विश्वस्त भएका थिए । यसरी झूटो सम्झना जन्मिएको थियो । 

ती झूटा सम्झनाहरू मेटाउन राखे जत्तिकै सजिलो भएको पनि उनीहरूले पाए । 

फौजदारी न्यायमा यसको परिणाम भयावह हुने विज्ञहरूको भनाइ छ किनकि झूटो सम्झनाले प्रत्यक्षदर्शीको बयानलाई प्रभावित पारेर मुद्दालाई दिशानिर्धारण गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्