३१ जेठ २०८३, आइतबार

आन्दोलनकारीसँगै गृहमन्त्री पलेंटी कसेर सडकमा बसेपछि..

चैत १३, २०७७
आन्दोलनकारीसँगै गृहमन्त्री पलेंटी कसेर सडकमा बसेपछि..

बिहीबार अपराह्न सुरक्षा दलबलसहित गृहमन्त्री रामबहादुर थापा माइतीघर पुग्दा थारू कल्याणकारिणी सभाको धर्ना चलिरहेको थियो। धर्नामा बसेकाहरू सुरक्षा घेराभित्र थिए । गृहमन्त्री थापाले गाडी रोके र धर्नाकारीकै सामुन्ने पलेंटी कसेर बसे। व्यक्ति हत्या आरोपमा सजाय भुक्तानरत निलम्बित सांसद रेशमलाल चौधरीलगायतमाथि लागेका मुद्दा खारेज, थरुहट आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा, मधेसी समूहबाट थारूलाई अलग्गै राख्नुपर्नेलगायतका १९ बुँदे माग राख्दै धर्नामा बसेकालाई सम्बोधन गर्न मन्त्री थापा माइतीघर पुगेका थिए ।

 सडकमै बसे र थापाले हाते माइकबाटै सम्बोधन गरे । अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै उनले धर्नाकारीको माग सुनुवाइ गर्ने आश्वासन पनि दिए । सम्बोधनका क्रममा उनले आफू सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट धर्नास्थलमा आएको बताएका थिए । कानुन कार्यान्वयन गर्ने तहमा बसेका मन्त्रीबाटै अदालतमा विचाराधीन मुद्दा फिर्तामा सकारात्मक रहेको अभिव्यक्ति दिनुले भने सरकारले दण्डहीनतालाई प्रश्रय दिन खोजेको प्रस्टै उजागर गरेको कानुन व्यवसायीहरूले टिप्पणी गरेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्