११ असार २०८३, बिहीबार

बहराइनको खोपले राजदूत सुन्दास छानबिनमा परे

चैत १३, २०७७
बहराइनको खोपले राजदूत सुन्दास छानबिनमा परे

सगरमाथा आरोहण गर्न १२ दिनअघि काठमाडौं उत्रिएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल–खालिफासहितको समूहले ल्याएको कोरोनाविरुद्धको खोपको ‘प्रमाणिकता’ विवादास्पद बनेपछि बहराइनस्थित नेपाली राजदूत पदम सुन्दास अनुसन्धानमा तानिएका छन् ।
बहराइनको टोली नेपाल हिँडेपछि त्यहाँस्थित नेपाली दूतावासले आफ्नो वेबसाइट मार्फत जारी गरेको विज्ञप्तिमा गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ मा रहेका जनताका लागि कोरोना प्रतिरोधी खोप लगाइने उल्लेख गरिएको छ ।
टोलीले २ हजार भाइल ‘अस्ट्राजेनेका’ खोप साथमा रहेको दूतावासले विज्ञप्ति जारी गरेपनि उक्त खोप तोकेबमोजिम नपाइएको अनुसन्धानमा भेटिएको छ । यो विज्ञप्ति अझै पनि बहराइनस्थित नेपाली दूतावासको वेबसाइटमा छ ।
 ‘तर नेपाल ल्याइएको खोप चिनियाँ सिनोफार्म कम्पनीको भन्ने थाहा भएको छ,’ परराष्ट्रका एक अधिकारीले भने। थाहै नभएको विषयमा विज्ञता देखाउन वा हतारमा कूटनीतिक प्रभाव–पहुँच देखाउन म्यानमास्थित दूतावासले गलत सूचनाको विज्ञप्ति जारी गरेको आशंकामा राजदूत सुन्दास अनुसन्धानमा परेका हुन् । राजदूत सुन्दासले भने उड्ने अघिल्लो दिन (१३ मार्च) मा मात्रै नेपाल जान लागेको र साथमा कोरोना प्रतिरोधी खोप लैजान लागिएको जानकारी आएको बताए । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्