
साउदी अरबको दक्षिणी भागमा रहेको एक तेल कुवामा बिहीवार क्षेप्यास्त्र प्रहार भएपछि आगो लागेको साउदीको ऊर्जा मन्त्रालयले जनाएको छ र
‘
जिजानमा रहेको तेल वितरण टर्मिनलमा क्षेप्यास्त्र आक्रमण हुँदा टर्मिनलको एक कुवामा आगो लागेको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गरेर जनायो ।
आक्रमणमा कुनै हताहती नभएको उनको भनाइ छ ।
आक्रमण कसले गरेको भनी मन्त्रालयले उल्लेख गरेन तर यमनमा साउदीले चलाएको युद्धको छैटौं वार्षिकीको पूर्वसन्ध्यामा आक्रमण भएको हो ।
यमनका हूती विद्रोहीहरूले साउदी अरबमा ऊर्जा केन्द्रहरूमा हालैका दिनमा ड्रोन र क्षेप्यास्त्र आक्रमण बढाएका छन् । उनीहरूले यमनमा रहेको मारिब शहर कब्जा गर्न आक्रमण पनि थालेका छन् । मारिबमा ग्यासको खानी छ ।
साउदी नेतृत्वको गठबन्धनले हूतीका सैन्य अड्डाहरूमा हवाई आक्रमणका जवाफी कारवाही गरेका छन् ।