भारतको राजस्थानस्थित सिरोहीमा घूस खाएर जम्मा पारेको २० लाख भारु बरामद हुने डरले सरकारी कर्मचारीका पतिपत्नीले ५०० का गड्डीहरू डढाएका छन् ।
पिंडवाडामा एसीबीका एक तहसीलदारसँग अवैध रकम भएको सूचना एन्टी करप्सन ब्यूरो (एसीबी) ले सूचना पायो । तर ती तहसीलदारले एसीबी आउने खबर पहिले नै पाए अनि घरको ढोका बन्द गरे ।
एसीबीले प्रमाण फेला नपारोस् अनि आफूहरू पक्राउ नपरौं भनी तहसीलदार कल्पेश जैनले २० लाख भारु ग्यासको चुलोमा डढाए । भान्साको झ्यालबाट एसीबीका अधिकारीहरूले ढोका खोल्न भनिरहँदा उनले खोलेनन् अनि झ्याललाई हात र कपडाले ढाकिरहे ।
तर प्रमाणका लागि एसीबीले पैसा डढाएको भिडियो बनायो । एसीबीले कल्पेश जैनबाट तीन लकरका साँचो र १६ वटा बैंक खाता बरामद गरेको छ ।
उनीहरू भारतीय मुद्रा डढाएको र प्रमाण नष्ट गरेको केस दर्ता गरिएको छ ।
पछि एसीबीले ढोका काटेर कल्पेश जैनलाई पक्राउ गरेको थियो ।