०९ असार २०८३, मंगलबार

चीनलाई शक्तिशाली र धनी देश बन्न नदिने अमेरिकी राष्ट्रपतिको भनाइ

चैत १३, २०७७
चीनलाई शक्तिशाली र धनी देश बन्न नदिने अमेरिकी राष्ट्रपतिको भनाइ

अमेरिकाका राष्ट्रपति जो बाइडनले नवप्रवर्तन तथा संरचनामा चीनले भन्दा बढी रकम खर्च गर्ने प्रतिज्ञा बिहीवार गरेका छन् । 

अमेरिकालाई पछि पार्दै संसारको सबभन्दा शक्तिशाली मुलुक बन्न चीनलाई नदिने उनको भनाइ छ । 

कार्यभार ग्रहण गरेपछिको पहिलो पत्रकार सम्मेलनमा बाइडनले चिनियाँ आयातमा कर लगाउने वा अनिच्छित श्रमबाट बनेका उत्पादनलाई प्रतिबन्ध लगाउने विषयमा टिप्पणी गरेनन् । 

‘चीनसँग कडा प्रतिस्पर्धा हुने देख्दैछु,’ बाइडनले ह्वाइट हाउसमा बताए । ‘उनीहरू संसारको अग्रणी, सबभन्दा धनी तथा शक्तिशाली मुलुक बन्न चाहन्छन् । म पदमा रहुन्जेल त्यो सम्भव छैन किनकि अमेरिका बढिरहनेछ र विस्तार भइरहनेछ ।’

पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि आयातशुल्क र प्रतिबन्ध लगाउने काम गरेकोमा बाइडनले चीनका विषयमा रणनीति बनाइसकेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्