०५ साउन २०८३, मंगलबार

नेपाली फिल्मले स्पेनमा बजार लिँदै, यही महिना घामपानी देखाइने

कात्तिक २०, २०७४
नेपाली फिल्मले स्पेनमा बजार लिँदै, यही महिना घामपानी देखाइने

बार्सिलोना (स्पेन), १० जेठ — नेपाली चलचित्रले पछिल्लो समय युरोपका विभिन्न शहरहरूमा राम्रो बजार पाउन थालेकोे छ । नेपाली मौलिकता र कला संस्कृतिलाई संरक्षण गर्नका लागि नेपाली युवाले नेपालोना इभेन्ट्स खोलेर स्पेनको बार्सिलोनामा सक्रिय रूपमा अगाडि बढेका छन् ।


यसै क्रममा जेठ २९ गते (जुन १२) नेपाली कथानक चलचित्र घामपानी जिरोना हलमा प्रर्दशन गर्ने भव्य तयारी गरिएको छ ।

नेपालोना इभेन्ट्सले नेपालमा पर्यटक भित्र्याउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भिजिट नेपालसँगको समन्वयमा घामपानी प्रदर्शन गर्ने तयारी गरिरहेको संस्थाका प्रतिनिधि सुरेश शर्माले बताए ।

संस्थाका प्रतिनिधि शर्माले भने, ‘नेपाली कलाक्षेत्रलाई बुझेका स्पेनिसहरू नेपाली समुदायसँगै बसेर घामपानी फिल्म हेर्न सबै बार्सिलोनावासी नेपाली तथा नेपाली संस्कृतिलाई माया गर्ने स्थानीयहरू आउनेमा विश्वास व्यक्त गरेका छौं ।’

पहिलोपल्ट च्यारिटी डिनरका साथ नेपाली फिल्म लुट–२ बाट आफ्नो संस्थाले बार्सिलोनामा काम शुरु गरेको अनि त्यसको सफलतापछि घामपानी चलचित्र देखाउन लागेको उनी बनाउँछन् । यसरी नेपाली फिल्मको नियमित प्रदर्शनसँगै नेपाली चलचित्रले युरोपमा बजार लिन सफल भएको उनले बताए ।

नेपाली युवाले सामाजिक सहयोग र रचनात्मक क्रियाकलापदेखि नेपालमा भैपरी आउने समस्याहरूमा सहयोग गर्ने उद्देश्यले टिम माउन्ट एभरेस्ट, सुजुरन ब्वाइज, साईग्रेश प्रोडक्सनको संयुक्त सहकार्यमा नेपालोना इभेन्ट्सबाट कार्यक्रम गर्दै आएको शर्माले बताउँछन् ।

प्रवासी नेपाली मनहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले बार्सिलोनामा फिल्म प्रदर्शन गर्न लागिएको हो । जेठ २९ को साँझ पाँच बजे घामपानी फिल्म हेर्न दश युरो शुल्क तोकिएको शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्