०१ असार २०८३, सोमबार

सार्वजनिक बिदा थप्ने प्रदेश सरकारको निर्णय

सार्वजनिक बिदा थप्ने प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले यसअघि सरकारले तयार गरेको बिदाको क्यालेन्डरलाई संशोधन गरि केहि सार्वजानिक बिदाहरु समेत थपेको छ ।

यस अघि बिदाको क्यालेन्डरमा समावेश नगरिएको प्रदेश स्थापना दिवस, माघे सक्रान्तिको अर्को दिन (माघ-२), मुस्लिम धर्मालम्वीहरुको बकर इद पर्वका दिन तथा कृष्ण जन्मास्टमीमा पनि प्रदेश भरी बिदा दिने निर्णय गरिएको छ ।

प्रदेश मन्त्रिपरिषदको आजको बैठकले  स्थानीयस्तरमा महत्व राख्ने भुम्या पूजाकादिन रुकुम, रोल्पा, भगवती पूजाकादिन पाल्पा तथा अटवारी पर्वका दिन तराईका ६ जिल्लामा बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले मुस्लिम समूदायको रमजानका दिन समुदायस्तरमा बिदा दिने समेत निर्णय गरेको छ ।

यस्तै प्रदेश मन्त्रिपरिषदको आजको बैठकले  प्रदेशको नाम र स्थायी राजधानी तोक्ने क्रममा रोक्का गरिएका दाङको देउखुरी क्षेत्रको जग्गा रोक्कालाई आंशिक रुपमा फुकुवा गरेको छ ।

लामो समय सम्म जग्गा रोक्का राख्न पारिवारिक अंशबन्डा, अदालती फैसला कार्यान्वयन, कारोबारका लागि धितो बन्धक जस्ता कामहरु पनि रोकिन गई स्थानीयले समस्या परेको गुनासो आएपछि प्रदेश सरकारले आंशिक फुकुवा गर्ने निर्णय गरेको हो ।

प्रदेश राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा बेचबिखन कार्यका लागि गरिने फुकुवालाई रोक्का कायम राख्दै पारिवारिक अंशबन्डा, बैंक कर्जा प्रयोजन र अदालती फैसला कार्यान्वयन प्रयोजनका लागि जग्गा रोक्का फुकुवा गरेको हो । बैठक पछि प्रदेश सरकारले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बेचबिखनका लागि जग्गा फुकुवा नगरिएको बताए ।आजको मन्त्रिपरिषदले

salt training

कमेन्ट गर्नुहोस्