२८ असार २०८३, आइतबार

सुमन प्याकुरेल बने राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता

सुमन प्याकुरेल बने राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन भएका छन् ।

प्रतिनिधि सभामा संसदीय दलको नेताले राष्ट्रिय सभामा दलको नेता चयन गर्ने विधानको व्यबस्था छ । 

राष्ट्रिय सभामा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले प्याकुरेल दलको नेता चयन भएको लोकान्तरलाई जानकारी दिए । 

शुक्रवार बस्ने संसदीय दलको बैठकअघि नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्याकुरेललाई राष्ट्रिय सभामा दलको नेता बनाएका हुन् ।

गतवर्षको फागुमा भएको राष्ट्रिय सभाको निर्वाचनमा प्याकुरेल विजयी भएका थिए । 

एमाले र माओवादी केन्द्र एकीकृत भएपछि माओवादी तर्फका दीनानाथ शर्मा राष्ट्रिय सभामा दलको नेता थिए ।

फागुन २३ गते सर्वोच्चले नेकपा एकतालाई अवैध भन्दै पुरानै पार्टी व्यूँताइदिएपछि राष्ट्रिय सभामा एमाले दलको नेता थिएनन् । 

salt training

कमेन्ट गर्नुहोस्