०६ साउन २०८३, बुधबार

स्वास्थ्य मन्त्रालयको अपीलः घरभित्रै बसौं, मोर्निङवाकमा नजाऔं

स्वास्थ्य मन्त्रालयको अपीलः घरभित्रै बसौं, मोर्निङवाकमा नजाऔं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण निकै बढेको भन्दै सचेत रहन अपील गरेको छ ।
मन्त्रालयले शुक्रबार एक अपील जारी गर्दै घरबाहिर खुला स्थानमा नबस्न, मोर्निङवाकमा नजान, घरभित्रै बस्न र दीर्घ रोगी तथा जेष्ठ नागरिकहरुको विशेष ख्याल गर्न आग्रह गरेको छ ।

फोहोरको उचित व्यवस्थापन गर्न तर नजलाउन मन्त्रालयले आग्रह गरेको छ । धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
अत्यावश्यक नभइ सवारीसाधन नचलाउन तथा प्रदूषण कम गर्ने कार्यमा सघाउन समेत मन्त्रालयले सवै पक्षसँग आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्