
बेइजिङमा रहेका विदेशी नागरिकहरूका लागि कोभिड–१९ विरूद्धको खोप सुरू गरिएको महानगरीय विदेश मामिला कार्यालयले शुक्रबार जनाएको छ ।
कार्यालयले बेइजिङमा रहेका १८ वर्ष माथिका विदेशी नागरिकका लागि खोप उपलब्ध गराइने जनाएको छ ।
कार्यालयले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ, “महानगरमा रहेका विदेशीहरूका लागि कोभिड–१९ विरूद्धको खोप सेवा सुरू गरिने तर खोप लगाउनका लागि सेवाग्राही स्वयम्ले चासो देखाउनु पर्ने र खोपबाट कुनै जोखिम आएमा खोप लिने व्यक्ति स्वयम् जिम्मेवार रहने शर्तमा खोप दिइनेछ ।”
“विदेशीहरूका लागि चीनमा निर्माण भएको सार्स–कोभ–२ नामक खोप प्रयोग गरिने र खोपले पूर्णतया काम गर्नका लागि दुई मात्रा खोप लगाउनै पर्ने छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।