०१ असार २०८३, सोमबार

स्वर्गीय नेता नवीन्द्रराज जोशीलाई यसरी सम्झिए विमलेन्द्र निधिले

स्वर्गीय नेता नवीन्द्रराज जोशीलाई यसरी सम्झिए विमलेन्द्र निधिले

काँग्रेस उपसभापति विमलेन्द्र निधिले स्वर्गीय नेता नवीन्द्रराज जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
जोशीको शुक्रबार साँझ मस्तिष्क घातबाट निधन भएपनि सामाजिक सञ्जालमार्फत निधिले विद्यार्थी छँदादेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा होमिएका जोशीको प्रस्थान नेपाली कांग्रेसका लागि मात्र नभई देशकै लागि अपूरणीय क्षति भएको बताएका छन् ।

‘एक महिनाअघि मष्तिष्क घात भइ अस्पतालको शय्यामा जीवनका लागि सङ्घर्ष गरिरहनुभएका नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री नवीन्द्रराज जोशीको आत्माले अन्ततः भौतिक देह त्याग गरेको छ। विद्यार्थी छँदादेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा होमिनु भएका जोशीको प्रस्थान नेपाली कांग्रेसका लागि मात्र नभई देशकै लागि अपूरणीय क्षति ह’, निधिले भनेका छन्, ‘जोशीजीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवार, आफन्तजन,शुभेच्छुक सबैमा हार्दिक समवेदना प्रकट गर्दछु।’

salt training

कमेन्ट गर्नुहोस्