०६ साउन २०८३, बुधबार

कोरोना कहरः अनिश्चितकालीन निषेधाज्ञा जारी

चैत १४, २०७७
कोरोना कहरः अनिश्चितकालीन निषेधाज्ञा जारी

 भारतमा फैलिरहेको कोरोना सङ्क्रमण अछाम भित्रिनेहरूमा  आउन  सक्ने  भन्दै अनिश्चितकालीन आंशिक निषेधाज्ञा जारी गरिएको छ। जिल्ला   प्रशासन   कार्यालय अछामले  बुधबार  रातिबाट  लागू हुने  गरी  होरी  (होली),  मेला,  पर्व, बैठक,  भेला,  जुलुसमा  प्रतिबन्ध लगाएको   छ।
  भारतबाट   घर फर्किने  समय  भएकोले  कोरोना फैलन नदिनका लागि अत्यावश्यक व्यवसाय,  कलकारखाना  र  छोटो दूरीका  सवारी  साधन  बिहान  ४ बजेदेखि  राति  १०  बजेसम्म  मात्र सञ्चालनमा  ल्याउन  कार्यालयले समय निर्धारण गरेको छ।
ज्वरो    आएका    यात्रुका मलेरिया, आरडीटी वा कोभिड–१९ को एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ।  बैठक,  गोष्ठी  वा  सेमिनार गर्नुपरेमा   भर्चुअल   माध्यमबाट मात्रै  गर्नुपर्ने  प्रशासन  कार्यालयको सूचनामा   उल्लेख   छ।   मास्क, सेनिटाइजर    र    भौतिक    दूरी कडाइका साथ पालना गर्न भनिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।
 आदेशको    अवज्ञा    भए सङ्क्रामक   रोग   ऐन,   २०२० बमोजिम कारबाही गरिने प्रशासनद्वारा जारी गरिएको आदेशमा उल्लेख  छ। गोरखापत्रमा खबर छ।  

कमेन्ट गर्नुहोस्