माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका युवा अजयमान श्रेष्ठ नयाँ–नयाँ काम गर्न रुचि राख्ने उद्यमीमा पर्छन् । त्यहीँ सिलसिलामा ७ वर्षअघि पनि स्वदेश तथा विदेशमा रहेका साथीहरूबाट नयाँ उद्योग खोल्ने राय सुझाव लिए ।
चीनमा रहेका उनका साथीहरूले अजयलाई फर्नेस आयल उद्योग खोल्न सुझाए । चाइना गएर पनि त्यहाँ फर्नेस आयलबारे बुझे ।
फर्नेस आयल भनेको थोत्रा टायर र ट्युब पेलेर उत्पादन गरिने ठूला उद्योगमा प्रयोग हुने औद्योगिक इन्धन हो । खासगरी फर्नेस आयल औद्योगिक प्रयोजनका लागि प्रयोग गरिन्छ ।
उनले इन्टरनेटमा सर्च गरे । नेपालमा प्रयोगविहीन रूपमा फालिएका पुराना टायर र ट्युबहरूको अवस्था बुझ्ने देश दौडाहामा निस्किए । गाडीका पन्चर टाल्ने ठाउँ, टायर मर्मत गर्ने ठाउँहरू खोज्दै सम्पर्क गराउँदै हिँडे ।
पूर्वपश्चिमसम्म विभिन्न जिल्लामा पुगेपछि उद्योगका लागि चाहिने कच्चा पदार्थ अभाव नहुने निचोडमा पुगे उनी । त्यसपछि भारतमा सञ्चालित विभिन्न फर्नेस आयल इन्डस्ट्रिजको अध्ययन गर्न भारततर्फ लागे । भारतमा २५–३० वटा उद्योग हेरेर उनी उद्योग स्थापना गर्ने निचोडसहित नेपाल फर्किए ।
अजयमानले पुराना प्रयोगविहीन टायरलाई ‘रिसाइकिलिङ’ गरेर ‘तेल उत्पादन गर्छु’ भन्दा उनलाई धेरैले विश्वास गरेनन् । त्यसलाई चुनौती दिँदै २०७१ सालमा रूपन्देहीको देवदह–५ मा स्पीड इनर्जी इन्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याए । जुन नेपालको पहिलो ऊर्जामूलक फर्नेस आयल उद्योग बन्यो ।
उद्योगले सबै प्रकारका सवारीसाधनका टायर, ट्युब तथा रबर प्रशोधन गरी फर्नेस तेल, कार्बन ब्ल्याक र स्टील स्क्र्याब उत्पादन गर्दै आएको छ । जुन नेपालको पहिलो फर्नेस आयल उद्योग हो । १६ करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आयो । त्यसपछि पेट्रोलियम पदार्थको विकल्पमा औद्योगिक उत्पादनको लागि ऊर्जाको रूपमा प्रयोग हुने फर्नेस आयलको सूत्रधार बनेर रूपन्देहीमा अजयमान चिनिन्छन् ।
अजय भन्छन्, ‘स्थापनाको २ वर्ष त ७०–८० लाख रुपैयाँ नोक्सानमा गयो । त्यसपछि उद्योगले राम्रो गति लियो । अहिले फेरि कच्चा पदार्थको अभाव भएपछि उद्योग संकटतर्फ धकेलिएको छ ।’
पछिल्लो समय पुराना टायर र ट्युबहरू भारततर्फ तस्करी भएपछि उद्योग संकटमा पर्ने देखिएको छ । ‘विभिन्न जिल्लाबाट यस्ता टायर तस्करी रोकिनुपर्छ । नत्र उद्योग बन्द हुने अवस्था आउनसक्छ,’ अजय भन्छन्, ‘हाम्रो इन्डस्ट्रिजमा २ वटा प्लान्ट छन् तर अहिले कच्चा पदार्थको अभाव हुँदा एउटा मात्रै चलेको छ ।’
फर्नेस आयलको नेपालमा ठूलो बजार छ । देवदह केरवानीमा साढे २ बिगाहा क्षेत्रफलमा फैलिएको उद्योगबाट उत्पादन हुने फर्नेस आयल र स्टील स्क्र्याब नेपालकै सिमेन्ट, छड, बिस्कुट, ब्याट्री लगायत उद्योगमा खपत हुन्छ । कार्बन धूलो भने इँटा उद्योगमा कोइलाको विकल्पमा प्रयोग हुने र भारतमा पनि निर्यात हुँदै आएको छ । नेपाल आयल निगमले पनि फर्नेस आयलको बिक्री शुरू गर्ने भएको छ । पुराना टायरहरू उनले प्रतिकिलोग्राम १६ रुपैयाँमा खरिद गर्छन् ।
अजयमानले विभिन्न सिमेन्ट, छड उत्पादक उद्योगलाई फर्नेस आयल उत्पादन गरेको जानकारी गराए । उद्योगहरूले राम्रो आयल पाइएपछि रोजाइँमा पर्यो । अहिले रुपन्देही र नवलपरासीका दर्जनौं ठूलो उद्योगले अजयमानको उद्योगबाट उत्पादित फर्नेस आयल खरिद गर्दै आइरहेका छन् ।
भारत तथा तेस्रोे मुलुकबाट औद्योगिक इन्धन (फर्नेस आयल) आयात गरी उद्योगहरू सञ्चालन भइरहेका छन् । ‘स्थानीय कच्चा पदार्थ फोहरमैला, थोत्रा टायर, प्लास्टिक, रबरका टुक्रा जस्ता यत्रतत्र छरिएर वातावरणलाई प्रदूषित गराएका छन् । हटाउनैपर्ने फोहरलाई मोहर बनाई आयात प्रतिस्थापन गर्दै स्थानीय उद्योगलाई इन्धन उपलब्ध गराउने कार्य हामी गरिरहेका छौं,’ अजयले भने ।
नेपालमा औद्योगिक विकाससँगै फर्नेस आयलको माग र प्रयोग अत्याधिक बढ्दो छ । फर्नेसको विकल्पमा डिजल, ग्यास, कोइला, दाउरा आदि प्रयोग भइरहेको छ तर स्थानीय उत्पादनले आयातित फर्नेस आयलसँग गुणस्तरमा प्रतिस्पर्धा गर्न सके तापनि आर्थिक प्रतिस्पर्धा गर्न नसक्दा बजार पाउन कठिन भएका कारण उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अजय बताउँछन् ।
सरकारले आयातित डिजल, पेट्रोल जस्ता पेट्रोलियम पदार्थमा प्रदूषण शुल्क प्रतिलिटर ५ रुपैयाँका दरले लगाउँदै आएको छ । उत्पादित कार्बनको उपयोग केही उद्योगले गरिरहेको र केही विदेश निर्यात समेत भइरहेको अवस्था छ । वातावरणीय फोहर व्यवस्थापनमा सहयोग गर्दै राज्यको पूर्ण सरसफाई अभियानमा सहकार्य गर्दै फोहरलाई मोहर बनाउने अभियान थालनी भएको छ ।
फर्नेस आयलको मागलाई मध्यनजर राखी परीक्षणको रूपमा काठमाडौं महानगरपालिका, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायत केही सरकारी निकायबाट प्लास्टिकमा आधारित फर्नेस आयल उत्पादन प्रयास गर्दै राज्यले प्राथमिकतामा राखेको अजय बताउँछन् ।
‘कठिन परिस्थितिका बाबजुद निजी क्षेत्रबाट समेत केही सकारात्मक प्रयास स्वरूप मुलुकभर समस्याको रूपमा रहेको फोहरमैला, प्लास्टिक, सिसा, कवाड लगायत सवारीसाधनको प्रयोगमा आउने टायर, टयूब तथा रबरहरूलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी पायरोलाइसिस प्रक्रियाद्वारा विभिन्न उद्योगले इन्धनको रूपमा प्रयोग गर्ने फर्नेस आयल उत्पादन गर्दै वातावरण संरक्षण, फोहमैला व्यवस्थापनमा हामीले गरेको योगदानको राज्यबाट साथ समर्थन छैन,’ उनले भने ।
वातावरण संरक्षण गर्ने यस्ता उद्योगलाई राज्यको ध्यान पुग्नुपर्ने श्रेष्ठले बताए । फर्नेस आयल डिजेलको तुलनामा निकै सस्तो हुन्छ । फर्नेस आयल प्रतिलिटर ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...