०७ असार २०८३, आइतबार

आफैंले लगाएको डढेलोमा परेर १ जनाको मृत्यु

चैत १४, २०७७
आफैंले लगाएको डढेलोमा परेर १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर १ जनाको मृत्यु भएको छ ।

बारीमा आगो लगाउने क्रममा बारी छेउको जंगलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिए ।

आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

शुक्रवार भएको घटना गाउँलेले पोलिएको अवस्थामा शनिवार मात्र मनबहादुरको शव फेला पारेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्