
धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स नदिएर अरूलाई नै अनुमति दिने तयारी गरिरहेको छ । यसका लागि धितोपत्र बोर्डले तीव्र रूपमा छलफल अघि बढाएको छ ।
बोर्डको यो तयारी संघीय संसद्को अर्थ समितिको निर्देशनविपरीत हो। अर्थ समितिले यसअघि सञ्चालनमा रहेका ब्रोकर कम्पनीको संस्थागत सुशासनसँगै क्षमता अभिवृद्धि गरी बैंकको सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिन भनेको थियो। तर निर्देशनविपरीत धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीलाई लाइसेन्स नदिएर अरू (व्यक्तिगत) लाई नै लाइसेन्स दिने तयारी गरेको स्रोतको दाबी छ ।
यसका लागि बोर्डले छलफल तीव्र बनाएको छ । ‘एक–दुई चरणमा छलफल भइसकेको छ,’ स्रोतले भन्यो, ‘सम्भवतः अब बस्ने सञ्चालक समितिको बैठकबाट निर्णय होला ।’ अहिले केन्द्रमा पाँच वटा र हरेक प्रदेशमा ३ देखि ५ वटा ब्रोकर थप्ने गरी प्रस्तावउपर सञ्चालक समितिमा छलफल भइरहेको बताइएको छ । कान्तिपुरमा खबर छ ।