२० असार २०८३, शनिबार

भारत : अमित शाह र शरद पवारबीच वार्ता, उद्धव ठाकरेको कुर्सी खतरामा ?

चैत १६, २०७७
भारत : अमित शाह र शरद पवारबीच वार्ता, उद्धव ठाकरेको कुर्सी खतरामा ?

भारतको महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखका विषयमा शिवसेना र एनसीपीमा बयानहरू आउन थालेपछि राज्यमा सत्तारूढ महाविकास अगाडी गठबन्धन खतरामा पर्ने देखिएको छ । 
 

एनसीपीका सुप्रिमो शरद पवारले केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटघाट गरेको भनी समाचार आएपछि राजनीतिक माहोल तातेको छ । 

अमित शाहले हरेक कुरा सार्वजनिक गरिँदैन भनेपछि सस्पेन्स झनै बढेको छ । महाराष्ट्रको सत्तामा ठूलै उलटफेर हुन सक्ने अनुमान गरिँदा उद्धव ठाकरेको कुर्सी जोखिममा परेको बुझिएको छ ।
 

अहमदाबादमा भारतीय जनता पार्टी निकट रहेका व्यापारीको कर्पोरेट हाउसमा शरद पवार र प्रफुल्ल पटेलले अमित शाहसँग बैठक गरेको बताइएको छ । त्यहाँ पवार निजी विमानमा पुगेका थिए । 
 

शिवसेनाको मुखपत्र सामनामा देशमुख काकताली परेर गृहमन्त्री बनेको भनी लेखिएको छ । शिवसेना नेता संजय राउतले एनसीपीका वरिष्ठ नेताहरू जयंत पाटिल र दिलीप वलसे पाटिलले गृहमन्त्री पद लिन अस्वीकार गरेपछि पवारले देशमुखलाई गृहमन्त्री बनाएको भनी लेखे । 

राउतको कथनमा एनसीपी नेता तथा उपमुख्यमन्त्री अजित पवारले एनसीपी कोटामा कसले कुन पद पाउने भनी शरद पवारले निश्चित गर्ने र अरूले यसबारे प्रश्न उठाउँदा गठबन्धनमा समस्या पर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्