०१ असार २०८३, सोमबार

यो हो रामबुतान फल, अनेकौं रोगमा लाभदायी

चैत १६, २०७७
यो हो रामबुतान फल, अनेकौं रोगमा लाभदायी

लिच्ची जस्तो देखिने रामबुतान नामक फल स्वास्थ्यका लागि प्रकृतिको अनुपम वरदान हो । 

दक्षिण भारततिर पाइने रामबुतान रातो बोक्राभित्रको सेतो फल हो । यसको स्वाद गुलियो अमिलो हुन्छ । 

यसमा भिटामिन सी प्रशस्त पाइन्छ । यसलाई खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ र शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ । 

सय ग्राम रामबुतानमा लगभग ८४ क्यालोरी पाइन्छ । एउटा फलमा ०.९ ग्राम प्रोटीन हुन्छ । अनि १०० ग्राम फलमा ४० प्रतिशत भिटामिन सी पाइन्छ अनि लगभग २८ प्रतिशत आइरन हुन्छ । अनि यसमा लगभग २८ प्रतिशत आइरन हुन्छ । 

यसमा भएको तामाले रक्तनदी र कोशिकाहरूको स्वास्थ्यमा सुधार गर्छ । 

यस फलको उपयोग प्राचीनकालबाट नै जीवाणुनिरोधक गुणका कारण हुने गरेको छ । यसमा भएको एन्टीसेप्टिक गुणका कारण शरीर अनेकौं संक्रमणबाट पनि बच्छ । घाउ छिटो निको हुन यसले सघाउँछ ।
 

रामबुतानका पातहरूले कामोत्तेजना बढाउने काम गर्छन् । पातहरूलाई पानीमा डुबाएर खान सल्लाह दिइन्छ । 

मधुमेह तथा मुटुरोगलाई पनि यसले निको पार्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्