०६ असार २०८३, शनिबार

म्यान्मारमा सेनाले गर्‍यो हवाई आक्रमण, ज्यान बचाउन थाइल्यान्डतिर भागे गाउँले

चैत १६, २०७७
म्यान्मारमा सेनाले गर्‍यो हवाई आक्रमण, ज्यान बचाउन थाइल्यान्डतिर भागे गाउँले

म्यान्मारको सत्तामा सेनाले कब्जा गरेपछि सर्वसाधारणको जीवन मुश्किलमा परेको छ । 

शनिवार मात्र ११४ जनाको ज्यान लिएको सेनाले प्रदर्शनकारीहरूमाथि हवाई आक्रमण गरेको छ । दक्षिणपूर्वी करेन राज्यमा हवाई आक्रमण गरेपछि तीन हजार गाउँलेहरू ज्यान बचाउनका लागि थाइल्यान्डतिर भाग्न बाध्य भए । 

रोयटर्स समाचार संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै करेन राज्यमा लगभग तीन हजार गाउँलेलाई जातीय सशस्त्र समूहले सुरक्षित स्थानमा राखेकोमा म्यान्मार सेनाले हवाई आक्रमण गरेको हो । थाइल्यान्ड सीमा नजिक मुतारा जिल्लामा सेनाले पाँच क्षेत्रमा हवाई आक्रमण गरेको करेन महिला संगठनले जनाएको छ । 

राहतका लागि काम गर्ने संगठन फ्री बर्मा रेन्जर्सका संस्थापक डेभिड यूबैंकले नेसनल युनियनका कम्तीमा दुई सैनिक आक्रमणमा मारिएको बताए । यूबैंकले बताएअनुसार, हवाई आक्रमण राति गरिएको थियो । रुस, चीन र अन्य देशको सहायताले बर्माको सेनाको क्षमता बढेको र यो घातक भएको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्