
यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरूवातको ८ महिनामा करीब १० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
धौलागिरिका ४ जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स) लगायतका शीर्षकबाट ९ करोड ७९ लाख ६४ हजार २८८ रुपैयाँ राजस्व संकलन गरेको छ ।
सवारी करबाट ७ करोड ३ लाख ५६ हजार ९९९ बिलबूक तथा सवारी अनुमति पत्रबाट १ करोड ४८ लाख, १६ हजार ६५५ संकलन भएको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी सुरेश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार पञ्जीकरणबाट २ लाख ५० हजार ५०० बेरुजु बापतको १९ हजार ४२८, पटके रुट परमिटमार्फत ४१ लाख ८९ हजार २०० लगायत विभिन्न शीर्षकबाट राजस्व संकलन भएको छ ।