३० जेठ २०८३, शनिबार

भाइरल रोगले विद्यार्थी बिरामी पर्न थाले

चैत १६, २०७७
भाइरल रोगले विद्यार्थी बिरामी पर्न थाले

बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ । 

विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयका प्रधानाध्यापक महासिं थापाले बताए। 

उक्त विद्यालयमा अध्ययनरत करीब एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले राससलाई जानकारी दिए । तीन दिनयता विद्यार्थी बिरामी हुन थालेको उनले बताए । 

दैनिक रुपमा २० जना बढी बिरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताउनुभयो । बिरामी भएका विद्यार्थी घरबाट नआउने भएपछि विद्यालय नै बन्द गर्ने पर्ने अवस्था आएको प्रअ थापाको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्