२३ जेठ २०८३, शनिबार

भारत : पश्चिम बंगालमा भाजपा कार्यकर्ताकी आमामाथि कुटपिटपछि मृत्यु

चैत १६, २०७७
भारत : पश्चिम बंगालमा भाजपा कार्यकर्ताकी आमामाथि कुटपिटपछि मृत्यु

भारतको पश्चिम बंगालमा राज्यमा विधानसभा निर्वाचन चलिरहँदा भारतीय जनता पार्टीका एक कार्यकार्ताकी वृद्धा आमामाथि कुटपिट गरिएपछि मृत्यु भएको छ । 

शोभा मजुमदार नामक ती वृद्धा ८५ वर्षकी थिइन् । 

एक महिनाअघि भाजपा कार्यकर्ताको घरमा तृणमूल कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका थिए । त्यसक्रममा मजुमदारलाई गम्भीर चोटपटक लागेको थियो । 

वृद्धाको मृत्युपछि भाजपा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि थप आक्रामक भएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै वृद्धाको मृत्युमा शोक व्यक्त गरे अनि ममतालाई यो घाउ लामो समइ याद रहने बताए । 

वृद्धा शोभाका छोरा गोपाल भाजपा कार्यकर्ता भएकैले तृणमूलको कोपमा परी ज्यान गुमाउन पुगिन् । 

उत्तर २४ परगना जिल्लाको निमटामा गोपाल र उनकी आमामाथि आक्रमण गरी नराम्रोसँग कुटपिट गरिएको थियो । उनीहरू दुवैलाई असपतालमा भर्ना गरिएको थियो । चारजना मानिस अनुहार छोपेर आएको र कुटपिट गरेको शोभाले बताएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्