२२ जेठ २०८३, शुक्रबार

३ हजार १२२ पीसीआर परीक्षणमा भेटिए १ सय ४१ कोरोना संक्रमित

३ हजार १२२ पीसीआर परीक्षणमा भेटिए १ सय ४१ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा १ सय ४१ जना नयाँ संक्रमित भेटिएका छन् । 

सोमवार ३ हजार १२२ पीसीआर परीक्षण गरिएको मध्ये सोमवार १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै हालसम्म २ लाख ७६ हजार ९ सय ८० जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये २ लाख ७२ हजार ६ सय १२ जना संक्रमित उपचार पछि निको भइसकेका छन् । 

सोमवार मात्रै ८२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सोमवार मृतकको संख्या शून्य रहेको छ ।

यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मुलुकभर ३ हजार २७ रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्