
अन्तर्राष्ट्रिय बजारमा उच्चस्तरीय ईलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्डका रुपमा स्थापित टिसिएलले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।
नयाँ वर्षको अफरमा टिसियलको टिभी, वासिङ्ग मेशिन, एअर कन्डिशनर आदि खरिद गर्दा ग्राहकहरुले क्यासब्याक पाउन सकिनेछ ।
३ वर्षको वारेन्टी भएको टिभीमा ७२,९०० सम्मको क्यासब्याक, मोटर र पिसिबिमा ५ वर्षको वारेन्टी भएको फ्रन्ट लोडिङ्ग वासिङ्ग मेशिनमा ५ के जी एक्स्ट्रा वासिङ्ग पाउडर र १४,६०० सम्मको क्यासब्याक, मोटरकमा ३ वर्षको वारेन्टी भएको टप लोडिङ्ग वासिङ्ग मेशिनमा ५ के जी एक्स्ट्रा वासिङ्ग पाउडर र ७,५०० सम्मको क्यासब्याक तथा एअर कन्डिशनरमा ५ वर्षको वारेन्टीेका साथै निःशुल्क जडानको सुविधा पनि पाईनेछ ।
टिसियल ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।