
गायक दामोदर भण्डारीको उत्कृष्ट सिर्जनामा ‘फूल राम्रो रातै हो’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक भण्डारी र तुलसी घर्ती मगरको सुमधुर आवाजमा सजिएको गीतमा भण्डारीकै लय तथा शब्द रहेको छ ।
गीतमा डोल राजको संगित संयोजन रहेको छ ।
निर्देशक एवम् कोरियोग्राफर काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा कलाकारहरु विमल अधिकारी, करिष्मा ढकाल, वविन सिंह ठकुरी, अस्मिता पुरी, भरत श्रेष्ठ लगायतकाे अभिनय रहेको छ ।