
वायु प्रदूषण विश्लेषण गर्ने संस्था ‘आईक्यूएअर’को नक्सामा सोमवार पृथ्वीको धेरै भाग रातो देखिएको छ ।
रातो भागभित्र काठमाडौंसमेत छ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ ।
‘केही दिनयता नेपालसहित एसियाली देशहरूमा प्रदूषण विकराल देखिन्छ,’ वातावरण विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकरप्रसाद पौडेलले भने,‘पहिलो पटक नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै पुगेको छ ।’
आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाएको छ ।
नेपालमा भने पूर्वी भागमा तराई, पहाड र हिमालसम्मै तुवाँलोले सीमा नाघेको छ । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले खबर लेखेका छन् ।