×

NMB BANK
NIC ASIA

नेकपा ब्युँताउने प्रचण्डको प्रयास विफल !

चैत १९, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास विफल भएको छ ।

Muktinath Bank

सर्वोच्च अदालतले एकता भंग गरिदिएको झण्डै एक महिनापछि फैसला पुनरवलोकनको माग गर्दै प्रचण्ड सर्वोच्च अदालत गएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण गरेर २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो ।


Advertisment
Nabil box
Kumari

सो नामको दल दर्ता रहेको अवस्थामा निर्वाचन आयोगले मिल्दोजुल्दो नाम सहित दल दर्ता गरिदिएको थियो ।

Vianet communication
Laxmi Bank

आफ्नो पार्टीसँग नाम जुधेको भन्दै नेकपा अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा निर्वाचन आयोग, तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । 

न्यायाधीश कुमार रेग्मी र वमकुमार श्रेष्ठको इजलासले फागुन २३ गते नेकपा एकता खारेज गरिदिएको थियो । 

सर्वोच्चको फैसलालाई ‘राजनीति प्रेरित’ भन्दै माओवादी केन्द्रले पुनरवलोकनमा जाने निर्णय गरेको थियो । 

पार्टीको निर्णयानुसार मंगलवार प्रचण्ड आफैँ पुनरवलोकन निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । 

निवेदन दिएर फर्किने क्रममा सर्वोच्च परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त फैसला पुनरवलोकन हुने विश्वास व्यक्त गरेका थिए ।

एमालेभित्रको खनाल–नेपाल पक्षले पनि सर्वोच्चको आदेश अनुचित भएको प्रतिक्रिया दिएको थियो ।

बिहीवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले प्रचण्डको निवेदनलाई निस्सा दिन नमिल्ने ठहर गरेको हो ।

सर्वोच्चको यो निर्णयसँगै नेकपा ब्युँताउने प्रचण्डको प्रयास विफल भएको छ । नेकपा एकता भंग भए पनि अर्को पक्ष नेकपा एमाले भने पुनरवलोकनमा गएको थिएन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x