०६ असार २०८३, शनिबार

माधव नेपाललाई गोकुलको कटाक्ष– प्रचण्डको पार्टीमा छलाङ मार्ने कि गुट बनाम्न पाऊँ भन्दै मुद्दा हाल्ने ?

माधव नेपाललाई गोकुलको कटाक्ष– प्रचण्डको पार्टीमा छलाङ मार्ने कि गुट बनाम्न पाऊँ भन्दै मुद्दा हाल्ने ?
फाइल फोटो

पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले पार्टीबाट निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।

बाँस्कोटाले माधव नेपालसँग तीनवटा मात्र विकल्प रहेको भन्दै कटाक्ष गरेका छन् ।

'कमरेड नेपाल ओलीको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने वा आफ्नै विधिवाला गुट बनाम्न पाऊँ भन्दै मुद्दा हाल्न जाने ? लौन, निर्णय पाऊँ !' बाँस्कोटाले लेखेका छन् ।

यस्तो छ, बाँस्कोटाको ट्वीट :

'भैगो ल, एकछिन कमरेड माधवकै कुरा मानिदिऊँ, केपी ओलीले गुट चलाएकै हुन रे । अनि प्रचण्डको छुट्टै गुट छँदै थियो । आज प्रश्न यो खडा भयो कि कमरेड नेपाल ओलीको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने वा आफ्नै विधिवाला गुट बनाम्न पाऊँ भन्दै मुद्दा हाल्न जाने ? लौन ! निर्णय पाऊँ ।'

salt training

कमेन्ट गर्नुहोस्