×

NMB BANK
NIC ASIA

अनिर्णित माओवादी

सरकारलाई दिएको समर्थन फिर्ता लिन के जोखाना हेर्दैछ माओवादी ?

समर्थन फिर्ता लिँदा ओलीले फेरि प्रतिनिधि सभा विघटन गर्ने संशय

चैत १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा पुनःस्थापना गर्नेगरी फागुन ११ गते सर्वोच्च अदालतले आदेश दिएको दिनदेखि नै माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेको छ ।

Muktinath Bank

प्रतिनिधि सभाको बैठकदेखि संसद् बाहिरका मञ्चमा समेत माओवादी केन्द्रका नेताहरूले ओलीको राजीनामा मागिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीको राजीनामा माग गर्ने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने किन ? नागरिक समाजका अगुवादेखि मिडियाकर्मीका प्रश्न  माओवादीका नेताहरूले दैनिक खेपिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

एकातर्फ ओलीको राजीनामा माग गर्ने, अर्कोतर्फ सरकारलाई दिएको समर्थन कायमै राख्ने यो विरोधाभाषपूर्ण अवस्था किन भइरहेको छ ? 

Vianet communication
Laxmi Bank

चैत्र १४ गते शनिवार नागरिक आन्दोलनले गरेको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तै प्रश्नको सामना गरे । जवाफमा प्रचण्डले भनेका थिए–

‘मैले भनिराखेको छु, नैतिक र राजनीतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिन । मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई मैले समर्थन गर्न सक्दिनँ, चाहे राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनु पर्दछ । म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु । तर मेरो कोशिश के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरू जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरूको बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस् । अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको मात्रै हो ।’

समर्थन फिर्ता लिन किन आलटाल ? 

सरकारलाई दिएको समर्थन फिर्ताका लागि निर्णय लिन भन्दै माओवादी केन्द्रले बिहीवारका लागि स्थायी कमिटीको बैठक बोलाएको थियो । शनिवार नागरिक आन्दोलनको कार्यक्रममा जस्तै स्थायी कमिटीको बैठकमा पनि प्रचण्डले एक दुईदिन परिस्थिति हेरेर निर्णय गर्न प्रस्ताव गरे । 

सरकारलाई दिएको समर्थन फिर्ताबारे अरू एक दुईदिनपछि बैठक बसेर निर्णय गर्नुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठकको निर्णय हेरेर निष्कर्षमा पुग्नुपर्ने प्रस्ताव प्रचण्डले गरेका थिए । 

‘परिस्थितिले अझै ठोस आकार लिएको छैन, अझै एकदुई दिन कुरौं न, त्यसपछि कुनै निर्णयमा पुगौंला,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने । 

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि शुक्रवार बस्दैछ । चत ५ गते स्थगित भएको जसपा कार्यकारीणी समितिको बैठक पनि केही दिनमा बस्ने र त्यसपछि निर्णयमा पुग्न उपयुक्त हुने धारणा प्रचण्डले बिहीवार स्थायी कमिटी सदस्यहरू माझ राखेका थिए । 

प्रचण्डले मंगलवार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । नयाँ सत्ता गठबन्धन बनाएर अघि बढ्न प्रचण्डले प्रस्ताव गरेपनि देउवाले परिस्थिति परिपक्व नभएको बताएका थिए । 

नयाँ सरकार बन्ने स्थिति देखिएपछि मात्र सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता गर्नुपर्ने प्रचण्डको धारणा थियो ।

‘दुईतीन दिन कुरौं, त्यसपछि वक्तव्य दिएर कसरी अगाडि बढ्ने भन्ने धारणा सार्वजनिक गरौंला,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले लोकान्तरसँग भने । 

आफूहरूले समर्थन फिर्ता लिएपनि ओलीले विश्वासको मत लिने अवस्था नआओस् भन्ने माओवादीको रणनीति छ ।

‘हामीले समर्थन फिर्ता गर्नेबित्तिकै ओलीले विश्वासको मत लिने अवस्था नबनोस्, प्रतिनिधि सभा विघटनको विरोध गरेका शक्तिहरूको सरकार बनाऔं भन्ने पहल सार्थक बनाउने हाम्रो ध्यान हो,’ एक स्थायी कमिटी सदस्यले भने । 

फेरि विघटनको संशय

बिहीवारको बैठकमा बोल्ने सदस्यहरूले देश अर्ली–इलेक्सनमा जाने सम्भावना रहेको भन्दै तत्काल केन्द्रीय समितिको बैठक बोलाएर संगठन निर्माणमा लाग्न जोड दिएका थिए ।

आफूहरूले दिएको समर्थन फिर्ता गर्नेवित्तिकै प्रधानमन्त्री ओलीले फेरि प्रतिनिधि सभा विघटन गर्ने संशय माओवादी नेताहरूमा देखिन्थ्यो । 

माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्ने, विश्वासको मत लिन प्रयास गरेजस्तो गर्ने र अल्पमतमा परेँ भनेर प्रधानमन्त्रीले फेरि प्रतिनिधि सभा विघटन गर्न सक्छन् भन्ने आशंका माओवादी नेताहरूमा देखिन्छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्राविधिक रूपमा समर्थन फिर्ताको निवेदन नदिएपनि सरकारलाई समर्थन नरहेको बताए । 

‘संसद् विघटनको प्रतिगामी कदम चाल्ने सरकार सर्वोच्चको फैसलापछि नैतिक हिसाबमा पनि जानुपर्थ्यो र नेपालको राजनीतिलाई सही ढंगले अगाडि बढाउन नयाँ सरकार गठन गर्नुपर्थ्यो,’ श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘प्राविधिक रूपमा पत्र नै नपठाए पनि यो सरकारलाई हाम्रो समर्थन रहँदैन ।’

श्रेष्ठले यो संसद्ले पूरै कार्यकाल पूरा गरोस् भन्नेमा आफूहरूको चासो रहेको पनि बताए । 

बुधवार प्रतिनिधि सभा बैठकमा माओवादी प्रमुख सचेतक देव गुरुङले सरकारमा सहभागी दल विभाजन भएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने दाबी गर्दै चैत २३ पछिको स्थिति बारे प्रश्न गरेका थिए । 

‘फागुन ११ गतेको फैसलाले वर्तमान सकारलाई संविधानको ७६ (१) भनेको थियो । सर्वोच्चले दल विभाजन गरेको अवस्थामा संविधानको धारा १०० अनुसार दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता भएमा विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्था छ,’ गुरुङले बुधवार संसद् बैठकमा भनेका थिए, ‘दल विभाजन गर्दिएपछि स्वाभाविक ढंगले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने देखिन्छ । चैत २३ गते ३० दिन पुग्दैछ । विश्वासको मत लिएमा मात्र वैधानिकता हाँसिल हुनसक्छ । ३० दिनभित्र विश्वासको मत नलिएमा सरकारको हैसियत के हुने भन्ने संवैधानिक प्रश्न उठ्ने देखिन्छ ।’

अनुकूल समयको पर्खाइमा छौं– गिरिराजमणि पोखरेल 

माओवादी स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभाका सांसद गिरिराजमणि पोखरलले सरकारलाई दिएको समर्थन फिर्ताका लागि अनुकूल समय पर्खिरहेको बताए ।

‘फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना भएपछि हामीले एक ढंगको तयारी गरेका थियौं, फागुन २३ गते सर्वोच्चले नेकपा एकतालाई जेठ २ को अवस्थामा फर्काइदिएपछि परिस्थिति अर्कै बन्यो,’ पोखरेलले लोकान्तरसँग भने, ‘जसपाले होलीसम्मको समय माग गरेका कारण पर्खिएका हौं, केही दिनमा स्थायी कमिटीको बैठक बसेर उपयुक्त निर्णय लिन्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x