०६ असार २०८३, शनिबार

प्रतिनिधि सभाको समितिले स्वास्थ्यमन्त्री त्रिपाठीलाई प्रतिवेदन बुझाउने

चैत १९, २०७७
प्रतिनिधि सभाको समितिले स्वास्थ्यमन्त्री त्रिपाठीलाई प्रतिवेदन बुझाउने

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारवाहीबारे तयार पारेको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई बुझाउने भएको छ । 

समितिको बिहीवार बसेको बैठकले ‘कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन–२०७७’ माथि छलफल गरी पारित गर्दै चैत २४ गते मन्त्री त्रिपाठीलाई बुझाउने समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

समिति सभापति घर्तीले बैठकमा आएका सुझावका आधारमा प्रतिवेदनलाई पुनर्लेखन गरेर बुझाउने बताइन् । कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारवाहीका सम्बन्धमा समिति सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय अनुगमन उपसमिति गठन गरिएको थियो । 

उपसमिति संयोजक श्रेष्ठले अनुगमनका क्रममा कुनै अस्पतालले पनि कोभिड–१९ को मापदण्ड पूरा नगरेको बताए ।

प्रतिवेदनमा समेटिएका सुझाव कार्यान्वयन गर्न सरकार लाग्नुपर्ने भन्दै उनले प्रतिवेदन कार्यान्वयन भए नयाँ प्रकृतिको संक्रामक रोग नियन्त्रण गर्न सहज हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्