२३ जेठ २०८३, शनिबार

आठौं सहकारी कप बुद्धिचाल प्रतियोगिता हुने

आठौं सहकारी कप बुद्धिचाल प्रतियोगिता हुने

ललितपुर स्पोर्टस् क्लब र ताम्राकार समाजको आयोजनामा चैत्र २० देखि २६ गतेसम्म ललितपुरको जावलाखेलस्थित ताम्राकार समाज भवनमा गणेशमान सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । 

६४ औं सहकारी दिवसको उपलक्ष्यमा सहकारी दिवस मूल समारोह समिति ललितपुरको समन्वयनमा हुने प्रतियोगिता लिग कम नकाउटको आधारमा खेलाइने छ ।

सातौं चरणको स्वीस लिगबाट सेमिपÞmाइनलमा ४ जना खेलाडी प्रवेश गर्ने जानकारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बाँकी खेलाडीले स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म खेल्नुपर्नेछ ।

लगभग १५० जना खेलाडीको सहभागिता रहने बुद्धिचाल प्रतियोगितामा उपत्यका बाहिरबाट समेत खेलाडीको सहभागी हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्