२४ जेठ २०८३, आइतबार

कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गर्न सभामुख सापकोटाको प्रस्ताव

चैत १९, २०७७
कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गर्न सभामुख सापकोटाको प्रस्ताव

सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका निम्ति उपयोगी हुने बताउँदै त्यसका लागि २ देशबीच सघन सहकार्य अत्यावश्यक भएको विचार व्यक्त गरेका छन् ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग बिहीवार आफ्नै कार्यकक्षमा भएको शिष्टाचार भेटमा उनले नेपाल र इजरायलबीचको ६ दशक पुरानो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै २ देशबीच कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा सहकार्य र साझेदारीमा जोड दिए ।

सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै सभामुख सापकोटाले २ देशका संसद्–संसद्बीचको सम्बन्धलाई जीवन्त बनाउन दुवै देशबाट थप प्रयत्न हुने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत द्विपक्षीय गतिविधिले परिस्थिति सहज हुनेबित्तिकै गति लिने विश्वास व्यक्त गरे ।

इजरायल–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत गोडेरले भूगोलका हिसाबले दुवै देशका साना भए पनि भाषा, संस्कृति र परम्परामा समृद्ध रहेका तथा आपसी सहकार्यका प्रशस्त सम्भावना रहेका बताए ।

salt training

कमेन्ट गर्नुहोस्