३१ जेठ २०८३, आइतबार

२४ लाख २७ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

चैत १९, २०७७
२४ लाख २७ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासमेत छ जनाले गैरकानूनीरुपमा लाभ हासिल गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले इञ्जिनीयर कृष्णप्रसाद कोइराला, सव इञ्जिनीयर लीलाराज भट्टराई, चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानविरुद्ध रु २४ लाख २७ हजार ५४५ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्