
काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता जेठमा आयोजना हुने भएको छ ।
काठमाडौं ब्याडमिन्टन एकडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ २० देखि २२ सम्म आयोजना हुने जनाएको छ ।
आमन्त्रण प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आयोजना हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।
कर्पोरेट डबल्समा कम्तिमा संस्थामा २ वर्ष काम गरेको हुनु पर्छ । मेन्स र वुमेन्स सिंगलमा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने छन् आयोजकले जनाएको छ।