
नेपाल बैंक लिमिटेड वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरि कर्णाली प्रदेशमा रहेका बैंकहरूमध्ये सर्वप्रथम डिजिटल सुर्खेत महाअभियान अन्तर्गत डिजिटल प्रविधि मार्फत क्यूआर कोड स्ट्याण्ड बितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मधु कुमार मरासिनीले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यूआर कोड प्रविधि मार्फत रकम भुक्तानी गरि क्यूआार कोड वितरणको उद्घाटन गरेका छन् ।
उक्त समारोहका विशिष्ट अतिथि तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले पनि सोहि प्रविधिमार्फत कर्णालीको मह खरिद गरे ।
वीरेन्द्रनगर शाखाका शाखा प्रबन्धक गणेश कुमार केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उद्योग बाणिज्य संघ सुर्खेतका महासचिब लक्ष्मण कडेललेसमेत स्थापनाको हिसावले पुरानो बैंकले आधुनिक कार्य गरेकोमा खुशी ब्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, प्रादेशिक कार्यालय सुर्खेतका का.मु.कार्यालय प्रमुख समिर सिंह तथा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्लेको समेत उपस्थिती रहेको थियो ।