
नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्यमा वृद्धि भएको छ ।
शुक्रवार छापावाल सुनको मूल्य प्रति तोला ९ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रति तोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीवार यस्तो सुन प्रति तोला ८६ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, शुक्रवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो दिन १ हजार २ सय १० रुपैयाँमा खरिदबिक्री भएको सुन यस दिन १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।