२४ जेठ २०८३, आइतबार

माहुरीहरूले कारमा आक्रमण गरेपछि...

चैत २०, २०७७
माहुरीहरूले कारमा आक्रमण गरेपछि...

अमेरिकाको न्यु मेक्सिकोमा एकजना मानिस सुपरमार्केटमा सामान किनेर फर्किंदा माहुरीहरूको झुण्डले कारमा आक्रमण गरेका छन् ।

उनको कारमा १५ हजार माहुरीहरू आइपुगेका थिए । 

कारको शीशा खुलै भएपछि माहुरीहरू भित्र पसेका थिए । 

घटना सोमवार दिउँसो चार बजे भएको लास क्रुसेस डिपार्टमेन्टले लेख्यो । 

लास क्रुसेसका एक अग्निनियन्त्रक जेस्सी जोनसन माहुरीपालक पनि हुन् र उनले माहुरीको झुण्डलाई आफ्नो घरतिर लगे । 

उनी माहुरी नियन्त्रण गर्ने औजारहरू लिएर आए अनि दुई घन्टा लगाएर माहुरीलाई सारे । 

सुपरमार्केटका एक सुरक्षागार्डलाई माहुरीले चिलेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्