०२ असार २०८३, मंगलबार

भीम रावलको दाबी– ‘गुट होइन एमालेको पूर्ववत् कमिटी चलाएका छौं’

भीम रावलको दाबी– ‘गुट होइन एमालेको पूर्ववत् कमिटी चलाएका छौं’
फाइल फोटो

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र तानाशाही लागू गर्न खोजेका कारण आफूहरूले समानान्तर क्रियाकलाप गरेको दाबी गरेका छन् ।

महाधिवेशन आयोजक कमिटी बनाएर आफैँ अध्यक्ष बन्ने ओलीको निर्णय पनि अवैधानिक भएको उनले दाबी गरे । 

कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको एमाले (खनाल नेपाल) पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठकपछि बाहिरिने क्रममा रावलले आफूहरूले गुटगत नभई एमालेको पूर्ववत् कमिटी चलाएको दाबी गरेका हुन् । 

‘हामीले एमालेमै रहेर पूर्ववत् कमिटी चलाएका छाैं, कुन कार्यालबाट सञ्चालन गरियो भन्ने कुरा गौण हो,’ रावलले भने । 

नेता रावलले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारवाही अरूमाथि तानाशाही लागू गरेर पार्टी चलाउने शैलीको द्योतक भएको टिप्पणी गरे ।

‘नवौं राष्ट्रिय महाधिवेशनले पारित गरेको विधान र लोकतान्त्रिक मूल्य मान्यताविपरीत घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरिएको छ, यसको भत्र्सना गरेका छौं । कथित कारवाहीले पार्टीको नीति सिद्धान्त विधान मिचिएको छ । कम्युनिस्ट आन्दोलनलाई लज्जित बनाउने काम भएको छ,’ रावलले भने ।  

बैठकमा समानान्तर कमिटी बनाएर जानेबारे छलफल भइरहेको स्रोतले बतायो । 
 

salt training

कमेन्ट गर्नुहोस्