०८ साउन २०८३, शुक्रबार

मेलम्चीको पानी काठमाडौंमा आइपुग्दा काठमाडौंवासीले सन्त नेता भट्टराईलाई सम्झिरहनेछन्– कांग्रेस प्रवक्ता

मेलम्चीको पानी काठमाडौंमा आइपुग्दा काठमाडौंवासीले सन्त नेता भट्टराईलाई सम्झिरहनेछन्– कांग्रेस प्रवक्ता
फाइल फोटो

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंवासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन् ।

मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता शर्माले पानी काठमाडौं ल्याइपुर्‍याउन सबैको कर्मलाई सम्झिनुपर्ने भएपनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरू र अन्त्य हुन नसक्ने बताएका हुन् ।

उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिए पनि उपत्यकावासीले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘एउटा विकासको परियोजना ऐतिहासिक रुपमा यसरी सम्पन्न हुँदै गर्दाखेरी, यसलाई गौरवका साथ लिदै गर्दाखेरी कसैको पनि आलोचना गरिरहने भन्दापनि सबैले गरेको कर्मलाई स्मरण गर्न जरुरी छ । कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गाँसिने नाम हो । कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न शुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो । न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला । सरकारले बिर्स्यो होला, मन्त्रीजीले बिर्सिनु भयो होला, अरूले बिर्सिनुभयो होला तर उपत्यकावासी कसैले पनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ ।’

प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौं आउनुले हाम्रो सामर्थ्यको पुष्टि भएको पनि बताउनुभयो । यसले आगामी दिनमा नविन परियोजना तर्फ देशलाई लैजानको निम्ति मार्ग प्रशस्त गर्ने बताए ।

नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्