पूर्वमन्त्री एवम् नेकपा एमाले (केपी ओली) पक्षका नेता गोकुल बाँस्कोटाले माधव नेपाल र झलनाथ खनाल पक्षलाई लक्षित गर्दै अंश र वंश चाहिए घरमै बस्नुपर्ने टिप्पणी गरेका छन् ।
उनले शुक्रवार सामाजिक सञ्जालमा टिप्पणी गर्दै घाम छाडेर कोही कोही एमाले मेरै हो भनेर प्रमुख शहरहरूमा घर खोज्ने चटारोमा किन दौडिएको भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भनेका छन्, 'कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन् ? अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ । आठ दश महिना पछि कस्ले बास देला र?'
नेकपा राम्रो हो,सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ। फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन?अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ।आठ दश महिना पछि कस्ले बास देला र?
— Gokul Prasad Baskota (@GokulPBaskota) April 2, 2021