
माछापुच्छ्रे बैंक लि. ले भिषा कार्ड मार्फत हुने कारोबारहरूलाई अझ सहज बनाउने उद्धेश्यले कन्ट्याक्ट लेस कार्ड सेवा शुरू गरेको छ ।
आम ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।
कन्ट्याकलेस कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पोइन्ट अफ सेल्स (पीओएस)मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ’ट्याप एण्ड पे’ सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।
कन्ट्याकलेस कार्ड अन्र्तगत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी २ हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २००० भन्दा बढिको कारोबार गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ ।
बैंकले उक्त सेवा आफ्ना अधिकांश पीओएस मसिनलाई ट्याप एण्ड पे’ सुविधायुक्तमा स्तरोन्नति गरिसकेको छ । उक्त सुबिधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सकिने बैंकले जनाएको छ ।