३० जेठ २०८३, शनिबार

प्रधानमन्त्रीले १ हप्ताभित्र विश्वासको मत लिने नेता महेश बस्नेतको खुलासा

चैत २०, २०७७
प्रधानमन्त्रीले १ हप्ताभित्र विश्वासको मत लिने नेता महेश बस्नेतको खुलासा

नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १ हप्ताभित्र संसदमा विश्वासको मत लिने खुलासा गरेका छन् ।

फुङ्लिङमा शुक्रवार आयोजित राष्ट्रिय युवासंघ नेपालको जिल्ला कमिटी घोषणा तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पहलमा देशले विकासको गति लिँदै लिएको दावी समेत गरे ।

प्रधानमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरिडोरले गति लिँदै गएको नेता बस्नेतले बताए । 

उनले कम्युनिस्ट आन्दोलन भित्रका विकृति र विसंगतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारबाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्