२० असार २०८३, शनिबार

युक्रेनमा महिलाको अवकास उमेर बढ्यो

चैत २०, २०७७
युक्रेनमा महिलाको अवकास उमेर बढ्यो

युक्रेनमा महिलाको अवकास उमेर वृद्धि गरिएको छ । नयाँ व्यवस्था यही अप्रिल १ देखि लागू भइसकेको अधिकारीहरुले जनाएका छन् । सरकारले सरकारी रोजगारीमा रहेका महिलालाई ६० वर्षपछि अवकाश पाउने व्यवस्था लागू गरिएको घोषणा गरेको हो । युक्रेनमा यसअघि महिलालाई ५५ वर्षपछि अवकाश दिने व्यवस्था रहेको थियो । अहिले पाँच वर्ष बढेर पुरुष सरह भएको हो ।

महिलाको पनि अवकास उमेर ६० वर्ष बनाउने प्रस्तावसहितको विधेयकलाई युक्रेनको संसद्ले सन् २०११ मा नै पारित गरेको थियो । तर त्यो कानूनी व्यवस्था अहिले मात्रै कार्यान्वयनमा आएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्