
मेष
धार्मिक, आध्यात्मिक प्रवृत्तिका मानिसहरूसंग केहि समय बिताउदा मन खुशी हुनेछ । आर्थिक स्थितिमा सुधार रहनेछ । भूमि -जग्गा लिने सोचलाई स्थगित गर्दा नै उचित रहनेछ ।
वृष
दाम्पत्य जीवन राम्रो रहनेछ । प्रेमसंबंधहरुमा भावनात्मक मिलन हुनेछ। सन्तानहरुले सहयोग नगर्दा मन खिन्न हुने सम्भावना छ। धन प्राप्तिको सामान्य योग देखिन्छ ।
मिथुन
रातो रंगको कपडा लगाउदा रोकिएका काम बन्नेछन्। नजिकको मित्रबाट अप्रिय बचन सुन्नु पर्नेछ। अचानक घरमा पाहुना आउदा कार्यतालिकामा गडबड हुनसक्छ।
कर्कट
पारिवारिक सदस्यमा एक-आपसको सहयोग तथा सामंजस्यले घरको वातावरण सुखमय हुदा मन हर्षित रहनेछ। पठन-पाठनमा रोकावट हुन सक्नेछ ।
सिंह
ब्यापार-व्यवसायमा कुनै निर्णय लिनुभन्दा पूर्वअनुभवी व्यक्तिको सल्लाह सुझाव लिनुहोला । श्रीमान-श्रीमतीमा घरेलु विवाद बढ्न सक्नेछ । सजकता अपनाएर काम गर्नु होला।
कन्या
ग्रहस्थिति हजुरको पक्षमा रहनेछ । आज हजुरले नजिकको प्रियमित्रलाई सहयोग गर्नु पर्नेछ । अरुलाई आर्थिक सहायता गर्नुपर्दा मन चिन्तित नहोला भनेर भन्न सकिदैन।
तुला
स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आफ्नो खान-पान संयमित राख्नु होला। मानसिक चिन्ताले समस्या जटिल रहनेछ । योग, व्यायाममा ध्यान लगाउनुहोला ।
वृश्चिक
सामाजिक, अग्रजब्यक्तिलाई सम्मान दिदा रोकिएका काम बन्न सक्नेछ । बिशेष विषयमा लाभदायक विचार-विमर्श हुन सक्नेछ । दिन सामाजिक कार्यमा व्यतित रहला ।
धनु
निरस दिनचर्यालाई बदल्न आज केहि समय आफ्नो व्यक्तिगत कार्यमा पनि व्यतीत गर्नु होला । मानसिक शान्ति र थप ऊर्जा मिल्नेछ । स्वास्थ्य ठीक रहनेछ, खाली धेरै थकानलेगर्दा कमजोरीको अनुभूति रहनेछ ।
मकर
युवावर्गको हकमा व्यर्थमा समय दिनु भन्दा आफ्नो कैरियरमा प्राथमिकता दिनु होला, मन खुशी रहला । पुरानो मित्रलाई अचानक भेट्दा मन हर्षित रहनेछ ।
कुम्भ
व्यक्तित्व र व्यवहारअनुसारको कर्म गर्ने मौका मिल्नेछ । शिवजीको मन्त्र ओम नम: शिवाय: जप गर्नु होला, दिन राम्रोसंग व्यतित होला ।
मीन
कसैको व्यक्तिगत कुरामा हस्तक्षेप नगर्दानै राम्रो रहला किनकि आपसी संबंधमा असहज र टाडापन आउन सक्ला ।
मिठासपूर्ण बानीले समस्याको समाधान हुनेछ ।
ज्यो.पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)