×
Bajaj Top
Khukuri
FONEPAY

अलबिदा माधव सर

काठमाडाैं | चैत २१, २०७७

NTC
TVS INSIDE
  • प्रवीण सुवेदी
Sanima Bank
morang Auto yamaha

मानिस जीवित हुञ्जेल कसैले सम्झिँदैनन् तर मानिसको मृत्यु भएपश्चात सबैले सम्झिन्छन् । सत् मानिसलाई सदैव सम्झना गरिनुपर्छ भन्ने मेरो मान्यता हो तर पनि मृत्यु भएपश्चात धेरै कुरा सम्झिइँदो रहेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

वकालतको शुरूआती दिन थियो । एक दिन उच्च अदालतको इजलाशमा वरिष्ठ अधिवक्ता शम्भु थापा बहस गर्दै हुनुहुन्थ्यो । त्यो मुद्दाको सुनुवाइपछि मेरो मुद्दाको पालो थियो ।

शम्भु सरले डाँका मुद्दामा प्रतिवादीको तर्पmबाट बहस गर्दैगर्दा बहसमा गरिएका तर्क सुन्दा मलाई ४ वर्षअघि माधव सरले फौजदारी कानून विषयमा पढाएको पाठ झल्झली याद आइरहेको थियो । शम्भु सरले बहसको क्रममा भन्नुभयो, ‘डाँका अपराधको आपराधिक तत्वको सम्बन्धमा माधव सरले श्रीमान्लाई पढाएको पनि त्यही हो, मलाई पढाएको पनि त्यही हो ।’ मैले मन मनै सोचें, ‘डाँका अपराधको सम्बन्धमा माधव सरले मलाई पढाएको पनि त्यही हो ।’ 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

माधव सरको महाप्रस्थान पश्चात न्याय क्षेत्रमा उच्चतम् ओहोदामा रहनुभएका मान्यवर तथा वरिष्ठ अधिवक्ताहरूले समेत कार्यक्षेत्रमा सरबाट पाएको शिक्षाले पथ प्रदर्शन गरिरहेको भनी उल्लेख गरिरहँदा उहाँको ज्ञानले मलाई प्रभाव नपार्ने हुनै सक्दैन । हरेक फौजदारी कसुर कसरी विशिष्टिकृत हुन्छ र कसुरको लागि विद्यमान तत्वको महत्त्व के कति हुन्छ भन्ने वजनपूर्ण ज्ञान माधव सरले नेपालमा स्थापित नै गरिदिनुभएको छ ।

फौजदारी कसुरमा तत्वलाई विचारणीय बनाउने र तत्वको विद्यमानता अनुसार कसुरदार ठहर गर्नुपर्ने स्कूलिङ पाएका न्यायकर्मीले उक्त स्कूलिङलाई प्रयोगमा ल्याउँदा नै नेपालमा फौजदारी कानून संस्थागत भएको मानिन्छ । 

विद्यार्थी हुँदा माधव सरप्रतिको आदर, सम्मान र श्रद्धाको वर्णन गर्ने कुनै शब्द नै थिएनन् । फूटबल होस् वा मुटकोर्ट, स्वागत बिदाइ कार्यक्रम होस् वा वार्षिकोत्सव, भकुन्डेबेसीमा होस् वा नगरकोटमा, हरेक सभा समारोहमा शारीरिक दुःख, हैरानी र कष्टको कुनै पर्वाह नगरी विद्यार्थीको हरेक कार्यमा हौसला दिन र प्रेरित गर्न उपस्थित हुँदा बेग्लै किसिमको श्रद्धा लाग्थ्यो उहाँप्रति । ती कार्यक्रममा माधव सरको उपस्थितिले साँच्चै नै कार्यक्रमको शोभा बढ्ने गर्दथ्यो । अधिकांश मन्तव्यमा सरले भन्ने शब्दहरू ‘यहाँबाट सिकेका ज्ञान सीपलाई तपाईंहरूले अवश्य पनि देश र समाजको हितमा प्रयोग गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ’ जस्ता तौल र वजन भएका शब्दहरू मन र मस्तिष्कमा सदैव गुन्जिरहन्छन् र ती शब्दले सही मार्गमा डोर्‍याउँछ ।

नेपालमा पढ्दा होस् वा युरोपमा पढ्दा, धेरै किसिमका प्राध्यापकको विद्यार्थी हुन पाइयो । सबै कुशल प्राध्यापकहरू सक्रिय, मेहनती र लगनशील हुन्छन् । कतिले दिनको १८ घण्टा काम गर्छन् त कतिले दिनको ८ घण्टा पढाउँछन् । तर ७३ वर्षको उमेरसम्म आँखा नदेख्दा पनि लाठी र सहयोगीको सहाराले घण्टौंको जाम छिचोल्दै दैनिक ३० किलोमिटरको यात्रा गरी सक्रिय रूपमा, न कुनै थकान न कुनै आलश्यपन विद्यार्थीलाई पढाउन र सिकाउन पुग्ने प्राध्यापक सायद कतै छैनन् होला । पढाउनुपर्ने न कुनै बाध्यता न कुनै कर, केवल पढाउनुपर्छ भनेर विद्यार्थीलाई पढाउन तल्लीन हुने माधव सरको जति बखान गरे पनि कम हुन्छ । त्यो उमेरमा र स्वास्थ्य स्थितिमा पनि त्यसरी दुःख गरेर विद्यार्थीलाई पढाउन र विद्यार्थीको हौसला अभिवृद्धि गर्न आउने इच्छाशक्तिको ‘मोटिभेटिङ फ्याक्टर’ के होला भनी सदैव सोचिरहन्थे । न कुनै स्वार्थ, न कुनै पदको आकांक्षा, न कुनै अलंकार तथा पदवीको मोह, न कसैले राम्रो भन्दिउन् भन्ने आश, कहीँकतै कुनै पनि स्वार्थ, लोभलालच विना केवल ज्ञानको ज्योति बाँड्न मात्र सरमा भएको ऊर्जालाई अचम्म मान्नु र मुक्तकण्ठबाट प्रशंसा गर्नुबाहेक केही पनि भएन ।

व्यक्तिगत रूपमा माधव सरले मलाई २०६४ सालमा एलएलबी दोस्रो वर्षमा फौजदारी कानून पढाउनुभएको थियो । मेरो विवाहमा मैले सरलाई निम्तो दिएको थिएँ । कति सर म्याडमहरू विवाहमा आएर आशिर्वाद दिनुभयो, कतिले निम्तोको कुनै वास्ता गर्नुभएन तर समारोहको दिन बिहानै माधव सरले मलाई फोन गर्नुभयो र विशेष बधाइ र सुखद वैवाहिक जीवनको शुभकामना दिनुभयो । शुभकामना केही सेकेन्डको कुराकानी मात्र थियो तर त्यसको वजन पूरै वैवाहिक समारोहभन्दा धेरै थियो । माधव सरले यसरी व्यक्तिगत रूपमा फोन गरेर शुभकामना दिँदा सरको प्राथमिकता र सरले देखाएको सदासयता अविस्मरणीय रहेको छ । 

माधव सरले पढाउँदाको त्यो अध्यापन शैली तथा प्राचार्यले निर्वाह गर्नुपर्ने भूमिका अनुकरणीय त छँदै छन् ती ज्ञानहरू आजसम्म पनि ताजा रहने गरी विशेष रहेका छन् । कुन पाठ कसरी पढाउँदा विद्यार्थीले लामो समयसम्म सम्झिरहन्छन् भन्ने हिसाबले शुत्रबद्ध हिसाबमा पढाउनुभएका ती फौजदारी कानूनका विषयमा अहिलेसम्म पनि सो विषयमा एक किसिमको आत्मविश्वास रहेको छ ।

मैले जीवनमा धेरै नभए पनि पचासौं शिक्षकशिक्षिकाबाट शिक्षित हुने मौका पाएँ । तर माधव सरले जसरी जटिल विषय र धेरै तत्व विद्यमान हुने फौजदारी कानूनका सिद्धान्तलाई सरलीकृत तरिकाले लामो समयसम्म पनि याद हुने गरी पढाउने शिक्षक कोही पाइएन । कसरी पढाउँदा विद्यार्थीले ध्यान दिन्छन्, कुन तरिकाले पढाउँदा विद्यार्थीले जीवनभर याद गर्छन् र कसरी पढाउँदा विद्यार्थीले उच्चतम् अंक ल्याई परीक्षा उत्तीर्ण गर्छन् भन्ने समेत ध्यानमा राखी आफ्नो शिक्षार्थीको उच्चतम हित केन्द्रित हुने शिक्षक पाउनु अहोभाग्य हो । 

जीवनमा माधव सरबाट मैले अनुकरण गर्ने बानी सरको अनुशासन हो । चिटिक्क लुगा लगाएर समयभन्दा अगावै कार्यक्रम तथा कक्षामा प्रवेश गर्ने माधव सरले आएका विद्यार्थीको समयलाई कदर गर्दै एकैजना मात्र विद्यार्थी किन नहोस्, पूर्व निर्धारित पाठ पढाएर आफ्नो दायित्व निर्वाह गर्नुहुन्थ्यो । शिक्षक अनुशासनमा बसेर आफ्नो दायित्व निर्वाह गरेमा विद्यार्थी स्वतः अनुशासित हुन्छन् भन्ने उदाहरण हुनुहुन्थ्यो माधव सर । आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारी कसरी निर्वाह गर्नुपर्छ, जिम्मेवारी कसरी बहन गर्नुपर्छ भन्ने कुराको मापदण्ड नै हुनुहुन्थ्यो माधव सर । 

२०७७ चैत्र १३ गते एउटा कार्यक्रममा थिएँ । कलेजबाट फोन आयो, ‘माधव सरको देहवसान भयो, साँझ ५ बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ ।’ म झसङ्ग भएँ । माधव सर अलि अगाडि अस्वस्थ हुनुभएकोसम्म सुनेको थिएँ । तर यति छोटो समयमा नै यस्तो समाचार सुनिएला भन्ने सोचेको पनि थिइनँ । सुन्ना साथ सबै छाडेर आर्यघाट गएँ । सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतका माननीय न्यायाधीशज्यूहरू, वरिष्ठ अधिवक्ताहरू, अधिवक्ताज्यूहरू, प्राध्यापकज्यूहरू, कलेजका विद्यार्थी, कर्मचारी, शिक्षक शिक्षिकाहरूले सरको पार्थिव शरीर पूरै घेरिएको थियो । अन्तिम श्रद्धाञ्जलिको लागि उपस्थित सबै महानुभावहरूको आँखामा माधव सरप्रतिको सम्मान र उहाँको शिक्षाप्रति ऋणी भएको आभाष छर्लंग देखिएको थियो ।

भर्खर स्नातक दोस्रो वर्षमा अध्ययन गर्दै गरेका सरका विद्यार्थीदेखि न्याय क्षेत्रमा दशकौं बिताएका व्यक्तिको एकै आवाज थियो, ‘नेपालको फौजदारी कानूनको क्षेत्रमा माधव सरको योगदान अतुलनीय छ । न्यायिक जगतले एक निष्ठावान् व्यक्ति गुमाएको छ । सत् न्यायकर्मी बन्न सदैव प्रेरणा दिने अभिभावक गुमाएको छ ।’

प्राध्यापन गर्ने व्यक्तिले केही पाउँदैन भन्थे तर त्यो गलत रहेछ । अन्तिम संस्कारको लागि आर्यघाटमा उपस्थित रहेका व्यक्तित्वहरू हेर्दा माधव सरले पढाएर पनि यतिधेरै अनुयायीहरू राख्नुभएको रहेछ । 

लकडाउनको बेला भौतिक कक्षा नहुँदा मलाई माधव सरले फौजदारी कानूनको एउटा पाठ पढाउन रेकर्ड गरेर पठाउनुस् भनी फोन गर्नुभएको थियो । त्यही फोन उहाँसँगको अन्तिम फोन रहेछ । उहाँसँगको अन्तिम संवाद रहेछ । सरसँग कक्षा कोठाभित्र र बाहिर भएका सम्झनाहरू झल्झली याद आए । 

आर्यघाटबाट फर्केपछि सोचें । प्राध्यापन पेशामा लाग्नुभएको र कानूनको एउटा क्षेत्रमा नयाँ आयाम नै ल्याउन उच्चतम योगदान दिनुभएको माधव सरलाई राज्यले के गर्‍यो ? कुनै समयमा राजा महेन्द्रबाट महेन्द्र विभूषणबाट विभूषित हुनुबाहेक राज्यले माधव सरलाई के दियो ? अन्य क्षेत्रको वरिष्ठ पेशाकर्मीको निधन भएको बेला राज्यको उपस्थिति प्रत्यक्ष र परोक्ष रूपमा देखिन्थ्यो । राज्यले अन्य वरिष्ठ पेशाकर्मीको निधनमा राष्ट्रिय सम्मान दिन्छ, सुरक्षा निकायको टुकडीले सलामी दिन्छन् । तर क्रियाशील रहेका अधिकांश कानूनकर्मीलाई न्यायको सत्बाटोमा हिँड्न सिकाउने र ७० वर्षको उमेरमा पनि राज्यलाई कुशल न्यायकर्मी दिलाउन सफल एउटा व्यक्तिको दुःखद निधनमा अन्तिम सलामी दिन उहाँका विद्यार्थी मात्र उपस्थित थिए । 

भूतपूर्व प्रधानन्यायाधीशज्यूदेखि वर्तमान न्यायाधीशज्यू र अधिकांश न्याय क्षेत्रमा कार्यरत महानुभावले माधव सरको निधनप्रति शोक व्यक्त गर्दै सामाजिक सञ्जालमा माधव सरलाई र उहाँले कानून र न्यायको क्षेत्रमा दिएको योगदान सम्झनुभयो । तर नेपाल बार, प्राध्यापक संघ, नेपाल सरकार तथा अन्य संघ संघसंगठनले संस्थागत रूपमा माधव सरको योगदानलाई समेत सम्झिएन । अधिकांश कानून र न्यायकर्मीका गुरु, वर्षाैंदेखि प्राध्यापनमा दिएको योगदान, विभिन्न कानून तर्जुमादेखि कानून निर्माणमा उहाँले खेलेको अनुकरणीय र अतुलनीय भूमिकालाई सबैले स्वीकार गरिरहेको अवस्थामा उहाँले महाप्रस्थान गर्दा नेपाल सरकार, नेपाल बार, प्राध्यापक संघ, अन्य संगठन लगायतले उहाँको योगदान सम्झिएनन् । सायद माधव सर कुनै पार्टी विशेष वा संगठनमा क्रियाशील नभएकै हुँदा उहाँले गरेको योगदान सम्बन्धित पेशागत संगठनले बिर्सिनुभएको होला, सम्झन आवश्यक ठान्नु भएन होला ।

बेलायतमा उच्च शिक्षाको लागि गएर त्यहाँको शिक्षादीक्षालाई नेपालमा नै प्रयोग गर्ने र नेपाली विद्यार्थीलाई नै प्रवाह गर्ने हेतुले नेपाल फर्किएर निधन हुने समयसम्म पनि क्रियाशील रही विद्यार्थीलाई दिक्षित गर्ने सत्कर्ममा रहनुभएको माधव सर न्याय र कानूनको क्षेत्रमा सदैव अमर रहनुहुने नै छ ।  सरबाट लिखित कृतिहरू हामी सबैको किताबको र्‍याकमा रहेका छन् । भौतिक रूपमा माधव सरले हामीलाई छाडेर गए पनि कृतिहरूमार्पmत उहाँ हाम्रो मार्गदर्शकको रूपमा हामीसँगै जीवनभर रहिरहनुहुनेछ ।

सरले दिएको ज्ञानले सदैव मेरो कार्यक्षेत्रमा पथ प्रदर्शकको काम गरिरहोस् । सरप्रति ऋणी र कृतज्ञ छु । सरले सदैव भन्ने गर्नुभएको ज्ञान र सीपलाई सत्मार्गमा प्रयोग गर्न सकियोस् । माधव सरको दिवंगत आत्माले शान्ति पाओस् र बैकुण्ठमा बास होस् । माधव सरको महाप्रस्थानबाट मर्माहत र शोकाकूल हुनुभएका उहाँका परिवार तथा काठमाडौं स्कूल अफ लका सम्पूर्ण सदस्यहरूलाई दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् । हार्दिक समवेदना !

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस ४, २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले आजको साहित्यिक लेखनीले अध्यात्मवादका राम्रा कुरालाई ग्रहण गर्दै समाज बदल्ने वैज्ञानिक विश्व दृष्टिकोणलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । साहित्य सन्...

मंसिर २९, २०७८

भारतको बहुचर्चित कलिङ लिटररी फेस्टिबलमा साहित्यकार वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’को अवार्ड पाएको छ ।  वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’...

पुस २४, २०७८

ज्येष्ठ नागरिक योद्धा स्व. सीताराम ढकालको कृति लोकार्पण भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, पूर्व मन्त्रीहरू शंकर कोइराला, टंक ढकाल, पूर्व राज्यमन्त्री पदम राई लगायतले शनिवार राजध...

माघ १, २०७८

प्राध्यापक महेन्द्र पी. लामाको नयाँ पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ले नेपाल र भारतका विभिन्न राजनीतिक आयाम र जल्दाबल्दा विषयवस्तुलाई प्राञ्जल भाषामा विश्लेषण गरेको छ ।  ...

पुस १७, २०७८

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' विमोचन गरिएको छ ।  शनिवार सुरभि साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निबन्ध संग्...

पुस ३, २०७८

विशिष्ट आख्यानकार रमेश विकलको १४ औं स्मृति सभाका अवसरमा शनिवार राजधानीमा स्रष्टाहरूलाई  पुरस्कृत गरिएको छ ।  रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...