०८ असार २०८३, सोमबार

वडाको सक्रियतामा वाग्मती सफाइ

चैत २१, २०७७
वडाको सक्रियतामा वाग्मती सफाइ
प्रतिकात्मक तस्वीर

हप्ताको २ घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ शुरू भएको वाग्मती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ । 

वाग्मती सफाइ महाअभियानको ४१२ औं हप्तामा शनिवार काठमाडौं महानगरपालिका–११ स्थित रुद्रमती दोभानमा सफाइ गरिएको छ ।

वडा कार्यालय समेतको सक्रियतामा विगत ३ हप्तादेखि वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ भइरहेको छ ।

सफाइमा वडाका जनप्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र स्थानीयवासीको समेत सहभागिता थियो । 

यसअघि नै वडाध्यक्ष हीरालाल तण्डुकार र वाग्मती सफाइ महाअभियानबीच वडा नम्बर ११ को नदी किनारको सफाइ नेतृत्व वडा कार्यालयले नै गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार वडा कार्यालयको नेतृत्वमा सफाइ शुरू भएको महाअभियानले जनाएको छ ।
 
यस क्षेत्रको नदीमा एस्काभेटर समेत प्रयोग गरेर सफाइ गरिएको अघिका सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा. माला खरेलले जानकारी दिइन् ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको पनि सक्रियता थियो ।
 
सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौड्याल, नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडे, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख रवीन्द्र बोहरालगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो । सफाइबाट ७ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्